समाजराजसंस्था र हिन्दू राष्ट्रको मागसहित आज सिफल चौरमा राजावादीहरुको प्रदर्शन

राजसंस्था र हिन्दू राष्ट्रको मागसहित आज सिफल चौरमा राजावादीहरुको प्रदर्शन

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादी समूहले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएको छ। आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीका अनुसार प्रदर्शन आज दिउँसो २ बजे सुरु हुनेछ।

यसअघि जेठ १९ गते सोमबार नारायणहिटी दरबार हत्याकाण्डको स्मृतिमा राजावादीहरुले कुनै प्रदर्शन गरेका थिएनन्। उक्त दिनलाई शोक दिवसका रूपमा मनाउँदै उनीहरूले प्रदर्शन स्थगित गरेका थिए। त्यही दिन बेलुका उनीहरूले दिवंगत राजपरिवारका सदस्यहरूको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रमसमेत गरेका थिए।

राजावादी समूहले गणतन्त्र घोषणा भएको दिन अर्थात् जेठ १५ गतेदेखि निरन्तर प्रदर्शन गरिरहेका छन्। उनीहरूले गणतन्त्रको अन्त्य गरी राजसंस्था पुनर्स्थापना गर्नुपर्ने माग गर्दै आन्दोलन चर्काइरहेका छन्। आन्दोलनकारीहरूको भनाइ अनुसार जबसम्म राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापित हुँदैन, तबसम्म आन्दोलन जारी रहनेछ।

सुरक्षाका हिसाबले प्रहरीले सिफल चौर आसपासको क्षेत्रमा निगरानी बढाएको छ। राजावादी प्रदर्शनलाई लिएर आज पनि राजधानीको सडकमा ट्राफिक व्यवस्थापनमा असर पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img