मकवानपुरबागमती गाउँपालिकाबागमती गाउँपालिकाको ८३ करोडको बजेट सार्वजनिक, सरकारी स्कुलमा पढाउन कडा नीति

बागमती गाउँपालिकाको ८३ करोडको बजेट सार्वजनिक, सरकारी स्कुलमा पढाउन कडा नीति

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष सर्केश घलानले शनिबार सातौँ गाउँसभा अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शिक्षा, सामाजिक सुरक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखिएको देखिन्छ।

सबै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने र एकल पुरुषलाई समेत पहिलोपटक भत्ता दिने उल्लेख गरिएको छ। यस्तै, बागमती–८ को जनता माध्यमिक विद्यालयलाई बहुमुखी क्याम्पसको रूपमा विकास गरिने नीति सार्वजनिक गरिएको छ।

सबैभन्दा चर्चित प्रस्ताव भने सरकारी सेवामा रहेका स्थायी जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गराउनु पर्ने व्यवस्था हो। यदि सो नीति उल्लंघन भएमा तलब र सेवा सुविधाबाट १० प्रतिशत शैक्षिक कर कटौती गरिने जनाइएको छ।

गाउँपालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिनाले प्रस्तुत गरेको बजेट अघिल्लो वर्षको तुलनामा १२ करोड रुपैयाँले बढेको हो। यसपटक करिब ४२ करोड सामाजिक विकास, १७ करोड पूर्वाधार, १२ करोड २६ लाख प्रशासनिक सञ्चालन, ५ करोड ४३ लाख आर्थिक विकास, ४ करोड ५४ लाख सुशासन तथा संस्थागत विकास र १ करोड १६ लाख विपद् व्यवस्थापनमा छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img