देशकोशी प्रदेशभोजपुरबाट हराएकी अनिसा भुजेल ९ वर्षपछि परिवारसँग

भोजपुरबाट हराएकी अनिसा भुजेल ९ वर्षपछि परिवारसँग

भोजपुर । करिब ९ वर्षअघि आमा–छोरी घर छाडेर हिँडेकी घटनापछि बिछोडिएकी भोजपुर, अरुण गाउँपालिका–५ याकु ऐसेलुडाँडाकी अनिसा भुजेल आफ्नो परिवारसँग पुनर्मिलन भएकी छिन्।

सुदिप भुजेलकी छोरी अनिसा आमासहित झापा पुगेकी थिइन्। तर, आमा कृष्णकला राईले ६ वर्षकै उमेरमा “नागरिकता बनाउन पहाड जान्छु” भन्दै छोरीलाई छाडेपछि उनी फर्किनै नसकेकी थिइन्। त्यसयता अनिसाले झापाकै जसरानी लिम्बुको घरमा सात वर्ष बिताइन्। पछि विभिन्न आश्रममा बस्दै आइरहेकी अनिसाबारे आश्रमले सामाजिक सञ्जालमार्फत खोजी अभियान थालेपछि परिवार पत्ता लागेको हो।

आइतबार आयोजित कार्यक्रममा अनिसाको परिवारसँग पुनर्मिलन गराइएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री, वडाध्यक्ष युवराज ढकाल, भुजेल समाजका जिल्ला सचिव गोकुल भुजेललगायत सरोकारवालाको सक्रियता उल्लेखनीय रह्यो।

पुनर्मिलन कार्यक्रममा अनिसाका पिता सुदिप भुजेलले ९ वर्षपछि छोरीलाई भेट्न पाउँदा खुशी व्यक्त गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। गाउँपालिका अध्यक्ष खत्रीले सामाजिक सञ्जालको योगदानप्रति आभार प्रकट गर्दै अनिसाको उच्च शिक्षा पालिकाले नै सहयोग गर्ने घोषणा गरेका छन्। साथै, आश्रमको कमजोर शौचालय मर्मतका लागि ४० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

आश्रमकी संस्थापक गीता कुमारी गौतमलगायत सरोकारवालाले अनिसाको पुनर्मिलनलाई “उदाहरणीय घटना” भन्दै प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img