समाजमुख्यमन्त्री बानियाँको पहलमा कैलाशका लालकुमार प्रजाको घर बन्ने, २ लाख रुपैयाँ सहयोग

मुख्यमन्त्री बानियाँको पहलमा कैलाशका लालकुमार प्रजाको घर बन्ने, २ लाख रुपैयाँ सहयोग

हेटौँडा | मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षीय लालकुमार प्रजा चेपाङको जीर्ण घर अब सुरक्षित आवासमा परिणत हुने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको पहलमा लालकुमारको घर निर्माणका लागि २ लाख रुपैयाँको पहिलो किस्ता सहयोग प्राप्त भएको हो।

अति विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका लालकुमार लामो समयदेखि असुरक्षित र जीर्ण घरमा बस्दै आएका थिए। ०३२ सालमा जन्मेका लालकुमार र उनकी श्रीमती सानुमाया चेपाङका सन्तान छैनन्। सानुमाया सानै उमेरमा हात जलेर अल्प अपाङ्गता भएकी छिन्। उनीहरू दुई कट्ठा नम्बरी र करिब ३-४ कट्ठा ऐलानी जग्गामा कृषि तथा पशुपालन गरी जीविकोपार्जन गर्दै आएका छन्।

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लालकुमारको दयनीय अवस्थाबारे मुख्यमन्त्री बानियाँलाई जानकारी गराउँदै घर निर्माणका लागि सिफारिस गरेका थिए। अध्यक्ष मुक्तानका अनुसार, गाउँपालिकाभित्रका सीमान्तकृत चेपाङ, जनजाति र अति विपन्नमध्ये लालकुमारलाई प्राथमिकतामा राखिएको हो। “सन्तानविहीन, खरको छानो र काठपातले मात्र घेरिएको जीर्ण घर देखेर हामीले सिफारिस गरेका हौं,” मुक्तानले बताए।

सिफारिस पत्र बुझ्नेबित्तिकै मुख्यमन्त्री बानियाँले तत्काल २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्। उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिक गास, वास र कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले लालकुमारको सुरक्षित आवास निर्माणमा सहयोग गरेको बताए।

यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका वडा नम्बर १ का सुमनसिं प्रजाको घर निर्माणका लागि आवश्यक सहयोग गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img