अन्तर्राष्ट्रियअबुधाबीमा इरानी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण: नेपालीसहित तीन जनाको मृत्यु, ५८ घाइते

अबुधाबीमा इरानी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण: नेपालीसहित तीन जनाको मृत्यु, ५८ घाइते

एजन्सी |  (यूएई) मा इरानबाट प्रक्षेपण गरिएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका क्रममा नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। आइतबार भएको आक्रमणबारे यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै Gulf News ले समाचार प्रकाशित गरेको हो।

मन्त्रालयका अनुसार शनिबारदेखि सुरु भएको हमलामा १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ ड्रोन प्रहार गरिएको दाबी गरिएको छ। तीमध्ये १५२ ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको, १३ समुद्रमा खसेको तथा ५०६ ड्रोन खसालिएको जनाइएको छ। ३५ ड्रोन भने नागरिक बस्ती क्षेत्रमा खसेका थिए, जसबाट विभिन्न स्थानमा भौतिक क्षति पुगेको बताइएको छ।

आक्रमणको दोस्रो बिहान आइतबार २० ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरिएको मन्त्रालयले जनाएको छ, जसमा आठवटा समुद्रमा खसेका थिए। साथै दुई क्रुज क्षेप्यास्त्र र ३११ ड्रोन अवरोध गरिएको दाबी गरिएको छ। हवाई प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन खसाल्दा खसेका भग्नावशेषका कारण विभिन्न स्थानमा सामान्यदेखि मध्यम स्तरसम्मको क्षति पुगेको उल्लेख गरिएको छ।

घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकको मृत्यु भएको जनाइएको छ। मृतकहरूको नाम र विस्तृत विवरण सार्वजनिक गरिएको छैन। घाइते ५८ जनामध्ये यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन्।

यूएई रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको र नागरिक, विदेशी कामदार तथा आगन्तुकहरूको सुरक्षा उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ। साथै आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अपुष्ट हल्ला नफैलाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img