नयाँ दिल्ली । भारतको राजस्थानमा ९ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१ पुगेको छ ।
भारतमा तीव्र रुपमा फैलिन थालेको ओमिक्रोन आज आइतबारमात्रै मुम्बईमा एकै परिवारका ७ जनामा संक्रमण देखा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमअनुसार राजस्थानसँगै महाराष्ट्रमा ८, कर्नाटकमा दुई, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।््
यसअघि कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भइसकेको छ ।सुरुमा दक्षिण अफ्रिकामा देखा परेको ओमिक्रोन भारतमा पनि फेला परेसँगै तीव्र रुपमा फैलिन थालेको छ ।



