देशबागमती प्रदेशप्रभावित पालिकाकै कोषमा रकम पठाउँदै भीमफेदी

प्रभावित पालिकाकै कोषमा रकम पठाउँदै भीमफेदी

रसुवा–नुवाकोटका पाँच स्थानीय तहले पाउनेछन् एक–एक लाख

spot_img

हेटौँडा। भीमफेदी गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका पाँच स्थानीय तहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सहयोग पाउनेमा रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिका तथा नुवाकोटको किस्पाङ गाउँपालिका छन् । पाँच पालिकालाई कुल पाँच लाख रुपैयाँ उपलब्ध गराइने गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

रकम जनप्रतिनिधिको सेवासुविधा र कर्मचारीको तलबबाट जुटाइनेछ । कार्यपालिकाबाट निर्णय भइसकेकाले अब सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने प्रक्रिया अघि बढेको छ ।

लामाका अनुसार संघीय राहत कोषमार्फत सहयोग पठाउँदा प्रक्रिया पूरा गर्न समय लाग्न सक्छ । त्यसैले प्रभावित स्थानीय सरकारले आवश्यकताअनुसार तत्काल खर्च गर्न सक्ने गरी सीधै स्थानीय विपद् कोषमा रकम पठाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img