सुनसरी : नेपाली काङ्ग्रेस प्रदेश-१ नम्बर प्रदेशको सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् ।
गुरूराज घिमिरेलाई २ मतले पछि पार्दै नेपाली कांग्रेस प्रदेश-१ को सभापतिमा उद्धव थापा बिजयी भएका हुन । अन्तिम मतपरिणाम अनुसार थापाले आठ सय ४४ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी गुरुराज घिमिरेले आठ सय ४२ मत पाएका छन् ।दुई उपसभापतिमा टङ्कप्रसाद राई (८४७) र रमेशजंग रायमाझी (८९१) विजयी भए । दुई महामन्त्रीमा भूपेन्द्र राई (८२४) र उमेश थापा (८२३) विजयी बनेका छन् ।
सहमहामन्त्री महिलामा प्रमिला गच्छदार (८३७) विजयी बनिन् । दुई सहमहामन्त्रीमा खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भएका छन् ।



