बागमती प्रदेशमकवानपुरमुक्तिनाथ रथयात्रा र महायज्ञका लागि हेटौँडामा समिति गठन

मुक्तिनाथ रथयात्रा र महायज्ञका लागि हेटौँडामा समिति गठन

spot_img

हेटौँडा । श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा तथा नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा हुने वैभव विराट महायज्ञलाई लक्षित गरी हेटौँडामा स्वागत तथा सहयोग समिति गठन गरिएको छ।

हेटौँडा–१० राप्तीतटस्थित गोरक्षेश्वर दिव्यधाममा शनिबार आयोजित भेलाले समाजसेवी तथा धामका अध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिको सहसंयोजकमा प्रमोदसिंह रानाभाट, रामकुमार राजभण्डारी, रामकृष्ण थापा, इन्द्र नेपाल र विजेन्द्र अग्रवाल छन् भने सचिवमा हयगृव आचार्य रहेका छन्।

मुक्तिनाथबाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले मुक्तिनाथ तथा शालग्राम भगवानको महिमा नेपालसहित विश्वभर चिनाउने उद्देश्यले रथयात्रा आयोजना गर्न लागिएको बताए। उनका अनुसार श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई विशिष्ट महाविद्यालयका रूपमा विकास गर्दै श्रीगजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापना गर्ने लक्ष्य राखिएको छ।

स्वामी आचार्य सुदर्शनका अनुसार कोजाग्रत पूर्णिमादेखि मुक्तिनाथबाट सुरु हुने रथयात्रा देशका विभिन्न सहर परिक्रमा गर्दै हरिबोधनी एकादशीका दिन त्रिवेणीधाम पुगेर समापन हुनेछ।

मंसिर १ गतेदेखि २९ गतेसम्म हुने महायज्ञमा श्रीराम नाम अभिमन्त्रित अक्षताको हवन गरिने उनले जानकारी दिए।

कार्यक्रममा संयोजक ढकालसहित हयगृव आचार्य, विजेन्द्र अग्रवाललगायतले रथयात्रा तथा महायज्ञ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img