देशलुम्बिनी प्रदेशबुटवलमा राष्ट्रिय साइबर सुरक्षा प्रतियोगिता हुँदै, विजेताले एक लाख पाउने

बुटवलमा राष्ट्रिय साइबर सुरक्षा प्रतियोगिता हुँदै, विजेताले एक लाख पाउने

spot_img

बुटवल । साइबर सुरक्षामा युवाको सीप प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा राष्ट्रियस्तरको ‘नेपाल साइबरसिल्ड – २०२६’ प्रतियोगिता सञ्चालन हुने भएको छ। रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले ‘क्याप्चर द फ्ल्याग’ थिममा यो प्रतियोगिता आयोजना गर्न लागेको हो।

​प्रतियोगिताको पहिलो चरणको छनोट आगामी असोज १७ गते अनलाइन माध्यमबाट हुनेछ। कार्यक्रम संयोजक सन्देश आचार्यका अनुसार प्रतियोगितामा एक्लै वा अधिकतम चार जनासम्मको टोली बनाएर भाग लिन सकिनेछ।

​पहिलो चरणबाट छानिएका उत्कृष्ट १० टोलीबीच आगामी कात्तिकमा अन्तिम प्रतिस्पर्धा हुनेछ। अन्तिम चरणमा सहभागीले आफ्नो प्रणाली सुरक्षित राख्दै प्रतिस्पर्धी टोलीको प्रणालीका कमजोरी पहिल्याउने र चुनौती समाधान गर्ने क्षमताका आधारमा अंक प्राप्त गर्नेछन्।

​प्रतियोगितामा पहिलो हुने टोलीले नगद एक लाख रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र ‘स्पेसल क्याटोगरी’ तर्फका विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

​डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै निम्तिएका साइबर सुरक्षाका चुनौती सम्बोधन गर्न र युवालाई यस क्षेत्रमा आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष अधिश ढकालले बताए।

​आयोजकका अनुसार प्रतियोगितामा देशभरका सातै प्रदेशबाट ३० भन्दा बढी टिमको सहभागिता रहने अनुमान गरिएको छ, जसमध्ये मंगलबारसम्म २४ टोली दर्ता भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img