मकपानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक आगामी १७ असोज दिउँसो ३ बजे बस्नेछ।
काठमाडौंको वनस्थली चमतीस्थित केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बस्ने उक्त बैठकमा उपस्थितिका लागि सबै केन्द्रीय सदस्यहरूलाई अनुरोध गरिएको छ।
बैठक बोलाइए पनि त्यसका छलफलका विषय (एजेन्डा) भने हालसम्म सार्वजनिक गरिएको छैन।




