काठमाडैँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धि भएसँगै आज सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन हिजो मंगलबार भने सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला चार हजार चार सय २५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको थियो।




