मौसमआज पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

आज पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

spot_img

मकवानपुर । आज पहाडी तथा हिमाली भेगका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य धेरैजसो भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

​महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाड तथा हिमालका थोरै स्थानमा वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

​आज हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img