खेल समाचारप्रशिक्षकसँग असन्तुष्टिको चर्चाबीच रोनाल्डोले छाडे पोर्चुगलको राष्ट्रिय टोली

प्रशिक्षकसँग असन्तुष्टिको चर्चाबीच रोनाल्डोले छाडे पोर्चुगलको राष्ट्रिय टोली

spot_img

काठमाडैँ ।  पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीलगत्तै उनले क्याम्प छाड्ने निर्णय लिएका हुन्।

​रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले क्याम्प छाडेको पुष्टि गरे पनि त्यसको कारण भने खुलाएका छैनन्। उपयुक्त समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य तथ्य जानकारी गराउने उनले बताएका छन्।

​प्रशिक्षक जोर्जे जेसुससँग असमझदारी बढेको चर्चा भइरहेका बेला रोनाल्डोको यो निर्णय बाहिर आएको हो।

​यसअघि नर्वेविरुद्धको खेलमा रोनाल्डोलाई मैदान नउतारी बेन्चमा राखिएपछि उनी प्रशिक्षकसँग असन्तुष्ट बनेको बताइएको छ। ओस्लोमा भएको उक्त खेलमा पोर्चुगल २–१ ले विजयी भए पनि रोनाल्डोले खेल्न पाएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img