बागमती प्रदेशमकवानपुरविपद् प्रभावित क्षेत्रको पुनःस्थापनालाई प्राथमिकता दिने मुख्यमन्त्री थापा मगरको प्रतिबद्धता

विपद् प्रभावित क्षेत्रको पुनःस्थापनालाई प्राथमिकता दिने मुख्यमन्त्री थापा मगरको प्रतिबद्धता

हेटाैँडा । बागमती प्रदेश सरकारले हालैका विपद्बाट प्रभावित विभिन्न जिल्लाको पुनर्निर्माण र पुनःस्थापनालाई प्रदेश नीति तथा योजना आयोगको पहिलो प्राथमिकतामा राख्ने भएको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रभावित क्षेत्रमा आयोगको टोली खटाएर पुनर्निर्माणका लागि आवश्यक योजना बनाइने बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जानकारी दिए।

​शुक्रबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नीति तथा योजना आयोगका नवनियुक्त पदाधिकारीको शपथग्रहण कार्यक्रममा बोल्दै उनले मानवीयसँगै सडक तथा भवनलगायत भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेकाले पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अघि बढाउन लागिएको बताए।

​आयोगले विपद् व्यवस्थापनसँगै प्रदेशको विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्रको अध्ययन एवं सुधारमा काम गर्नेछ। विगतका कमजोरी सुधार गर्दै लक्ष्य हासिल गर्न आयोगको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्रीको भनाइ छ।

​यसअघि बिहीबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. देवराज रोका तथा सदस्यमा सुनिता गौतम, दीपकविक्रम थापा र सुरेन्द्रवर सिंह थापालाई नियुक्त गरेको थियो। नवनियुक्त उपाध्यक्ष रोकासहित उपस्थित सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेका एक सदस्यको शपथ पछि गराइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img