अर्थ व्यापारकेही वर्षभित्रै अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने लक्ष्य छ: अर्थमन्त्री वाग्ले

केही वर्षभित्रै अर्थतन्त्र १०० अर्ब डलर पुर्‍याउने लक्ष्य छ: अर्थमन्त्री वाग्ले

मकवानपुर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो दशकमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको बताएका छन्। डिजिटल अर्थतन्त्र र प्रविधिमा आधारित सेवा क्षेत्रलाई नै यो आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने उनले स्पष्ट पारेका छन्।

​पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन-२०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री डा. वाग्लेले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य भेट्न निजी क्षेत्रको ठूलो सहकार्य र लगानी आवश्यक पर्ने बताए। वर्तमान सरकार इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी रहेको दाबीसमेत उनले गरे।

​दीर्घकालीन आर्थिक वृद्धिका लागि विगतका परम्परागत विकास मोडलको अनुकरण गरेर मात्रै नपुग्ने भन्दै उनले २१औँ शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुनुपर्नेमा जोड दिए। डिजिटल प्रविधिको विस्तारसँगै सेवा क्षेत्रको व्यापार अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहज भएकाले सरकारले सोही क्षेत्रबाट अधिकतम लाभ लिने रणनीति बनाएको उनको भनाइ छ।

​कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त बहुमत पुराना दलहरूको बेथितिको परिणाम मात्र नभई जनतामा भविष्यप्रति जागेको आशाको प्रतिफल भएको समेत दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img