खेल समाचारविश्वकप लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

विश्वकप लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडाैँ । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाका लागि कप्तान सन्दीप लामिछानेको नेतृत्वमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार घोषणा गरेको टोलीमा कुशल भुर्तेल, सोमपाल कामी र हेमन्त धामी अटाएका छैनन्।

​टोलीमा ओपनिङ ब्याटरका रूपमा आसिफ शेख र अर्जुन कुमालले निरन्तरता पाएका छन् भने तीव्र गतिको बलिङतर्फ करण केसी र नन्दन यादव समेटिएका छन्। टोलीका अन्य सदस्यहरूमा दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, बासिर अहमद, ललित राजवंशी, शाहब आलम र शेर मल्ल रहेका छन्।

​आगामी असोज २१ गतेदेखि ओमानमा सुरु हुने त्रिदेशीय शृङ्खलामा आयोजक ओमान, नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्नेछन्।

​अंक तालिकामा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा छ। ओमान २८ खेलबाट ३१ अंकसहित चौथो र क्यानडा ३२ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img