देशघटस्थापनायता काठमाडौंबाट बाहिरिनेको संख्या झण्डै दुई लाख पुग्यो

घटस्थापनायता काठमाडौंबाट बाहिरिनेको संख्या झण्डै दुई लाख पुग्यो

नाकाहरूमा चहलपहल बढ्यो

काठमाडाैँ। दशैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर घर फर्किने यात्रुको संख्या झण्डै दुई लाख पुगेको छ।

​काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म २७ हजार ७ सय वटा सवारीसाधनमार्फत १ लाख ८८ हजार जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। सोही अवधिमा २४ हजार ६ सय वटा गाडीबाट १ लाख ६० हजार यात्रु उपत्यका भित्रिएका छन्।

​अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा उपत्यकामा बस्दै आएका नागरिकहरू जन्मथलो फर्किन थालेपछि प्रमुख नाकाहरूमा चहलपहल र यात्रुको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रबिन्द्र खनालले जानकारी दिए।

​प्रहरीका अनुसार नागढुङ्गा, थानकोट, फर्पिङ, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट बाहिरिने यात्रुको संख्या दैनिक रूपमा बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार