देशबागमती प्रदेशप्रहरी समायोजनमा ढिलाइ हुँदा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापनमा कठिनाइ : मुख्यमन्त्री थापा...

प्रहरी समायोजनमा ढिलाइ हुँदा प्रदेशको शान्ति सुरक्षा व्यवस्थापनमा कठिनाइ : मुख्यमन्त्री थापा मगर

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन प्रक्रिया रोकिएका कारण प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन र प्रहरी प्रशासन सञ्चालनमा व्यावहारिक कठिनाइ भइरहेको बताएका छन्। संविधानले प्रदेश सरकारलाई दिएको अधिकार कार्यान्वयनका लागि प्रहरी समायोजन अति आवश्यक रहेको उनको भनाइ छ।

​७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले समायोजनमा ढिलाइ हुँदा सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमै चुनौती थपिएको उल्लेख गरे। प्रदेशको भौगोलिक अवस्था र स्थानीय सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरी परिचालन गर्न प्रदेश सरकारले अधिकार पाउनुपर्ने उनले बताए।

​सङ्घीय सरकार र सम्बन्धित निकायलाई समायोजन प्रक्रिया चाँडो टुङ्गोमा पुर्‍याउन आग्रह गर्दै मुख्यमन्त्री थापा मगरले यसबाट प्रहरीको वृत्ति विकास र जनशक्ति परिचालनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

​कार्यक्रममा उनले प्रदेश सरकार प्रहरी संगठनलाई आधुनिक, प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए। बागमती प्रदेश सरकारले स्थापनाकालदेखि नै प्रहरीका भौतिक पूर्वाधार निर्माण तथा सवारीसाधन उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार