देशलुम्बिनी प्रदेशगुल्मीको कालीगण्डकीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मीको कालीगण्डकीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

काठमाडाैँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा भएको जीप दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्।

​स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट हुँदै राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको जीप हिजो बेलुका दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

​दुर्घटनामा परेर ज्यान गुमाउनेमा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलीपकुमार बगाले, वालिङ–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सीताबेन पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ–२ की नीता बगाले रहेका छन्। प्रहरीका अनुसार उनीहरूमध्ये पाँच जनाको घटनास्थलमै र नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको हो।

​दुर्घटनामा परी कालीगण्डकी–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जाको वालिङ–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। घाइतेहरूको कालीगण्डकी सामुदायिक अस्पताल र पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

​दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ। दुर्घटनाको कारण हालसम्म खुलेको छैन र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार