काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज तीन वटा गाडी एक-आपसमा ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन्।
दुर्घटनामा सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस आपसमा ठोक्किएका हुन्।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६६ जनाको टोलीले घाइतेहरूको उद्धार गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टर लगिएको छ।


