धर्म/संस्कृतिआजदेखि तिहार पर्व सुरु

आजदेखि तिहार पर्व सुरु

काठमाडाैँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। यसैक्रममा मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज साँझ दीपमालिका गर्दै धनतेरस पर्व मनाइँदैछ।

​पाँच दिनसम्म मनाइने यमपञ्चक वा तिहार पर्व यसपटक तिथिको घटबढका कारण छ दिनको रहेको छ। मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन धातुका नयाँ भाँडाकूला वा गरगहना खरिद गरी घरमा धनधान्यकी देवी लक्ष्मीको स्थापना गरेर पूजा गर्ने चलन छ।

​कर्मकाण्डका ज्ञाता महेशकुमार झाका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु हुने भएकाले सोहीअनुसार धनतेरस मनाउन लागिएको हो। यो तिथि भोलि (शनिबार) बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ। त्रयोदशी तिथिको यो समयका कारण कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ।

​मिथिला क्षेत्रमा पञ्चाङ्गका आधारमा तय गरिएको तालिका अनुसार आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा हुनेछ। दीपावली पर्व आगामी बुधबार भैयादूज (भाइटीका) मनाएर सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार