बागमती प्रदेशमकवानपुरहेटौँडाको चौकीटोलमा हवाई फायर गरी पेस्तोलसहित मनहरीका दुई युवक पक्राउ

हेटौँडाको चौकीटोलमा हवाई फायर गरी पेस्तोलसहित मनहरीका दुई युवक पक्राउ

हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरी पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

​सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरका अनुसार आज (शनिबार) दिउँसो करिब १२:१५ बजे बा प्र ०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

​पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्। सशस्त्र प्रहरी सहायक निरीक्षक ऋषिराम पौडेलको नेतृत्वमा खटिएको टोली र इन्टेलिजेन्स ब्युरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए।

​प्रहरीले उनीहरूको साथबाट ७.६५ मिलिमिटरको एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान म्यागजिन र एक राउण्ड गोली बरामद गरेको छ। पक्राउ परेका दुवै जना र अटोलाई हाल सशस्त्र प्रहरीको नं. १४ गणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार