मौसमपहाडी र हिमाली भेगमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना

पहाडी र हिमाली भेगमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना

काठमाडाैँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका पहाडी तथा हिमाली भेगमा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा सुरु भएको छ।

​महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान छ। त्यस्तै, बागमती, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

​तराईका अधिकांश स्थानमा भने आज वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। आज मध्यम वर्षा र असिना पर्न सक्ने भएकाले भित्र्याउने बेला भएको धानबालीमा क्षति पुग्न सक्ने भन्दै मौसमविद्ले किसानलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

​महाशाखाका अनुसार भोलि (सोमबार) र पर्सि (मंगलबार) आजको तुलनामा वर्षा कम हुने भए पनि पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा जारी रहनेछ। बुधबारदेखि भने देशभरको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

​यसैबीच, बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र भोलि बेलुकासम्म चक्रवात आँधीमा परिणत हुन सक्ने देखिएको छ। यद्यपि, उक्त प्रणालीको नेपालमा खासै असर नपर्ने महाशाखाले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार