राजनीतिरास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद ११ दिने चीन भ्रमणमा

रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद ११ दिने चीन भ्रमणमा

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीसहित २० जना सांसद ११ दिने भ्रमणका लागि आज (आइतबार) बिहान चीन प्रस्थान गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन गएको हो।

​रास्वपाका अनुसार भ्रमण टोलीले चीनका बेइजिङ, हाङचोउ र सिचुवानलगायत सहरको भ्रमण गर्ने कार्यक्रम छ। ११ दिने बसाइका क्रममा टोलीले चीनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), नवप्रवर्तन, औद्योगिक विकास तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे अध्ययन गर्नेछ।

​यसका साथै चीनको कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, औद्योगिक उत्पादन र उद्यमशीलता विकासका विषयमा समेत जानकारी लिइने पार्टीले जनाएको छ।

​चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो। भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार