इटहरी : सन्ध्या उपाध्याय ( निक्की शर्मा )को “अभागिनी आमा” पुस्तकको डियर कल्याण साहित्य प्रतिष्ठानद्वारा विमोचन कार्यक्रम भएको छ ।
यस विमोचनका आकर्षक प्रमुख अतिथि प्राज्ञ विवस पोख्रेल ज्यू, प्राज्ञ दधिराज सुवेदी , गोपाल भण्डारी , वद्रिविशाल पोख्रेल रमेश घिमिरेहरूको उपस्थितमा यस विमोचन कार्यक्रम सम्पन्न भएको हो ।
यस किताबको भाषा सम्पादन ट्ङकप्रसाद न्यौपानेले गर्नु भएको छ भने आवरण परिकल्पना भीष्म धमलाको रहेको छ ।उहाँले समर्पण पनि भन्नू भएको छ मेरा पूजनीय पिता श्री गोपालप्रसाद उपाध्याय कि श्रीमती मेरी माता स्व. इन्दिरा उपाध्यायलाई समर्पण गर्नुभएको छ। साहित्य लेखनमा मेरो यो उपन्यास अभागिनी आमा पहिलो कृति हो । हाम्रो समाजमा देखिएका सामाजिक विकृतिहरूले हाम्रो सभ्यता , सहिष्णुता , भाइचारा , सुख, शान्ति समुन्द्री , धैर्य , दया, माया , मानवता र अनुशासनलाई नै दुर्गन्धित परिरहेको परिस्थितिलाई यस उपन्यासद्वारा उजांगर पार्ने प्रयास गर्नु भएको छ ।
यस उपन्यासमा मैले देखे भोगेका घटनालाई अौपन्यासिक स्वरूप दिएको पारिवारिक र सांसारिक सुख प्राप्तिमा छट्पटिरहेकी आमा र छोरीको वेदनालाई पस्कने जमर्को गर्नु भएको छ ।
पाठकहरूमा यस कृतिले केही न केही प्रेरणा प्रदान गर्ने र साहित्यमा थप हौसला प्राप्त हुने बताउनु भयो ।



