विज्ञान/प्रविधिवर्ल्डलिंकले अब कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेट दिने

वर्ल्डलिंकले अब कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेट दिने

काठमाडौं २९ मंसिर । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकका ग्राहकले अब कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेट पाउने भएका छन् । बुधबार आयोजित एक कार्यक्रममा कम्पनीले थोरैमा पनि १५० एमबीपीएसको इन्टरनेट ग्राहकलाई दिने घोषणा गरेको हो ।

उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीका निर्देशक मनोज अग्रवालले बताए ।उनका अनुसार घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० रुपैयाँ अर्थात् मासिक एक हजार २०० रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् ।

१५० एमबीपीएससहित २२५ एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।कम्पनीले सोही कार्यक्रममा नेपालमै पहिलो पटक ६०० एमबीपीएस गतिको इन्टरनेट सुरूवात गरेको छ ।

साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको कम्पनीले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img