अर्थ व्यापारचालू आर्थिक वर्षको रेमिट्यान्स ७ दशमलव ५ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको रेमिट्यान्स ७ दशमलव ५ प्रतिशतले घट्यो

काठमाडौं : चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स ९ विप्रेषण आप्रवाहमा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ५ प्रतिशतले न्यून हो ।

गत आवको सोही अवधिमा ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशतले बढेको थियो । यसैगरी, चालू आवको कात्तिक महिनामा भित्रिएको रेमिट्यान्स रकम असोजको तुलनामा झन् घटेको छ ।

कात्तिकमा मात्र ७३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर, चालू आर्थिक वर्षको असोज महिनामा करिब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो समाचार राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img