सुनसरी : सुनसरीको सदरमुकाम इनरुवामा नेकपा एमालेको सातौं जिल्ला अधिवेशन उद्घघाट सत्र सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको शनिबार बिहान ७ बजेबाट बन्दसत्र सुरु हुने जनाएका छन् । सम्मेलनमा पुर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैतको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।
हिजो बाट देशभर नै एकसाथ उद्धघाट भएको अधिवेशनको क्रममा सुनसरीमा पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलको माध्यमबाट सम्बोधन गरि देशको पहिलो पार्टी बनाउने गरि अधिवेशनलाई सफल बनाउन आग्रह गरेका छन् ।
सम्मेलनमा केन्द्रीय सदस्य मञ्जु भण्डारी , लक्ष्मी गौतम , भगवती चौधरी , तैयब हुजेन सहितका नेताहरूले पनि शुभकामना मन्तव्य राखेका थिय । सो कार्यक्रममा हजार बढीको पनि सहभागीता रहेको पार्टी सचिव पर्शुराम यादवले जनाएका छन् ।



