सुनसरी : मोरङको बेलबारी नगरपालिका-१ पुरानो बेलबारीका ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा सुन्दरहरैचा नगरपालिका-१ का ४५ बर्षीय असोक खवास मृत्यु भएका छन् ।
शुक्रबार बिहान करिब ९ बजे घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।



