संखुवासभा / प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका सुन्तला जोन क्षेत्रका रुपमा घोषण गरिएको छ ।
मादीमा संखुवासभा कै स्वादिलो सुन्तोला फल्ने गरेको छ । सुन्तलालाई नगरपालीका द्वारा, सुन्तोला खेती गर्ने कृषकलाई व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै आएको छ । मादी नगरपालीकाका वडा नं. ४,५,६ मा सुन्तोला व्यावसायिक खेती गर्ने गरिन्छ । समय समयमा मादी नगरपालीकाले सुन्तला खेतीलाई प्रोत्साहन गर्ने विभिन्न प्रकाएका तालीम सञ्चालन गर्दै आएको छ ।
मादी नगरपालिकाको वडा नं ६ धन्सार सुन्तला उत्पादक व्यावसायिक कृषक लक्ष्मी बहादुर पौडेलको बगैचामा बोट नै पहेलै हुने गरी पाकेको मुखै रसाउने सुन्तला, गत बर्ष समेत यही बगानको सुन्तला मादी कै सबैभन्दा बढी स्वादिलो र गुणस्तरीय पाइएको उमेश सुवेदीले आफ्नो फेसबुक मार्फत जानकारी गऐका छन् ।
संखुवासभा जिल्लामा जम्मा १० पालिका मध्य ५ नगरपालिका छन् भने, ५ गाउँपालिका छन् । ५ नगरपालिका भित्र पनि पछाडी परेको मादी नगरपलिका हो । पच्छिलो समय राम मन्दिरवाट ओखरबोटे सम्मकाले पत्रे भएपछि, मादीको सुन्तोलाले राम्रो बजार भाउ पाएको हो ।
स्थानीय सरकारको चासो, कृषकको लगातले गर्दा लाखौं रुपैयाको आम्दानी मादीको सुन्तोलाले गर्दै आएको छ । मादीको सुन्तोला, धरान,इटहरी, विराटनगर हुँदै, काठमाडौं सम्म पुग्ने गरेको छ । यसलाई थप व्यावस्थित बनाई सुन्तोला खेतिले मादी नगरपलिका कृषक आत्मनिर्भर बन्न सक्छन् ।