Tuesday, June 24, 2025
कृषीमहोत्तरीको बर्दिवास यसरी बन्दै छ मुर्रा भैसीको हव

महोत्तरीको बर्दिवास यसरी बन्दै छ मुर्रा भैसीको हव

spot_img

बर्दिवास | तीन वर्षअघि, बर्दिवास नगरपालिकाका तत्कालीन नगरप्रमुख विदुर कार्कीले हरियानाबाट मुर्रा जातका ११ वटा राँगा ल्याउँदा नगरमा ठुलो आलोचना भएको थियो। कतिपयले यो कदमलाई असफल प्रयोग भन्दै ट्रोल समेत गरे। तर, कार्की दृढ थिए। “यिनै राँगाले किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछ,” उनले त्यसबेला भनेका थिए।

समय बित्दै जाँदा, कार्कीको दीर्घकालीन योजनाको परिणाम देखिन थालेको छ। झन्डै ३३ लाख रुपैयाँ खर्च गरेर ल्याइएका राँगाहरूबाट गर्भधारण भएका ५,००० भन्दा बढी मुर्रा जातका पाडापाडीहरू अहिले किसानका गोठमा प्रशस्त देखिन्छन्। “पहिले कृतिम गर्भाधानको कुरा थियो, तर अहिले किसानहरू भैँसीलाई प्राकृतिक प्रक्रियामार्फत गर्भाधान गराउँछन्,” स्थानीय युवा किसान विवेक अधिकारीले भने। अधिकारीले नगरले ल्याएको एउटा राँगा पालेर आफ्नो गोठमा ३०० भैँसीहरूलाई बार्षिक गर्भाधान गराएका छन्।

मुर्रा जातको भैँसीले प्रति वेत २,००० देखि ३,००० लिटरसम्म दूध उत्पादन गर्ने भएकाले यो जात किसानहरूको मुख्य रोजाइमा परेको छ। स्थानीय किसान निरोज अधिकारीले पनि मुर्रा जातको भैँसी पालेका छन्। “म दैनिक १४ लिटर दूध उत्पादन गर्छु, यसले मेरो पारिवारिक आवश्यकताहरू पुरा गर्छ र थोरै बचतसमेत गर्न सक्छु,” उनले खुसीसाथ भने।

पुर्व नगरप्रमुख कार्कीले पनि मुर्रा भैँसीपालन व्यवसायमा लागेका छन्। अहिले उनीसँग १५ भन्दा बढी मुर्रा भैँसीहरू छन्। यिनै भैँसीहरूको उत्पादनका कारण बर्दिवास मुर्रा जातको केन्द्र बन्दै गएको छ। हाल नगरमा ६,००० भन्दा बढी मुर्रा जातका भैँसीहरू उत्पादन भइसकेको तथ्यांकले देखाउँछ।

कार्कीको मुख्य योजना भने किसानहरूलाई कृत्रिम गर्भाधानको माध्यमबाट भैँसीहरूको नश्ल सुधार गर्नु थियो। यद्यपि व्यापक विरोध पछि, नगरले ११ वटा राँगा किसानहरूलाई वितरण गर्‍यो। “म वर्षमा एक लाख भैँसीलाई गर्भाधान गराउने लक्ष्यसहित योजना बनाएको थिएँ,” कार्कीले भने, “तर अब परिणाम देखिदै छ।”

बर्दिवास नगरको यो सफलताको कथा अब अन्य नगरपालिकाहरूले पनि अनुकरण गर्न थालेका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img