भोजपुर । प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा कुल ३ अर्ब १५ करोड ८९ लाख बजेट बिनियोजित भएको छ ।
जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका सहित ९ स्थानीय तह रहेको छ । जस्मा सबैभन्दा बढी षडानन्द नगरपालिकामा ५१ करोड ५२ लाख पाएको छ । यस्तै भोजपुर नगरपालिकाले ४६ करोड ५९ लाख ,ट्याम्केमयुङ गाउँपालिकाले ३८ करोड ६६ लाख,आम्चोक गाउँपालिकाले ३१ करोड ९८ लाख ,अरुणगाउँपालिकाले ३१ करोड ८ लाख ,रामप्रसादराई गाउँपालिकाले ३१ करोड ६५ लाख ,पौवादुम्मा गाउँपालिकाले ३० करोड १४ लाख ,हतुवागढी गाउँपालिकाले २९ करोड ४२ लाख र सबै भन्दा कम साल्पासिलिछो गाउँपालिकाले २४ करोड ५५ लाख पाएको छ ।



