Tuesday, May 13, 2025
अर्थ व्यापारभारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा मूल्य नबढाउने
spot_img

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा मूल्य नबढाउने

spot_img

काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। तर, नेपाल आयल निगमले भने नेपालमा पेट्रोल, डिजल र ग्यासको मूल्य नबढाउने भएको छ।

निगमका प्रवक्ता विनोद भट्टराईले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय आयल कर्पोरेशनबाट पेट्रोलमा प्रति लिटर ०.२१ रुपैयाँ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको उल्लेख गरिएको छ।

त्यस्तै, एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँले बढेको छ। यसबाट प्रति सिलिन्डर ३२५.०९ रुपैयाँको नोक्सानी भएको निगमले जनाएको छ।

तर, मूल्य वृद्धि भएका पेट्रोलियम पदार्थको नयाँ मूल्य आउनुअघि नै नेपालमा मूल्य बढाउने योजना नरहेको निगमले स्पष्ट पारेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img