Thursday, June 19, 2025
अर्थ व्यापारबिदेशबाट आउने रेमिट्यान्स वृद्धि

बिदेशबाट आउने रेमिट्यान्स वृद्धि

spot_img

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरूबाट आउने रेमिट्यान्सको मात्रामा वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो ७ महिनामा झण्डै ४ लाख ५ हजार नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्। तर, गत वर्षको सोही अवधिभन्दा केही कम हो।

तर, बिदेशबाट आउने रेमिट्यान्सको मात्रा भने उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड मात्र रेमिट्यान्स आएको थियो। रेमिट्यान्स आप्रवाहमा नेपाली रुपैयाँमा २१.६ प्रतिशत र अमेरिकी डलरमा १९.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

-Ads-

रेमिट्यान्स आप्रवाहको वृद्धिसँगै नेपालको कुल विदेशी विनिमय सञ्चिति पनि बढेको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ खर्ब ४४ अर्ब ९४ करोड विदेशी विनिमय सञ्चिति पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा १९.९ प्रतिशतले बढी हो। बढ्दो रेमिट्यान्स आप्रवाहले मुलुकको आर्थिक स्थितिमा सकारात्मक प्रभाव पारेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img