Monday, May 12, 2025
समाजछोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
spot_img

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

spot_img

अछाम । छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि थुनामा राखेको छ।

अछाम प्रहरी कार्यालयका अनुसार, मङ्गलसेन नगरपालिका-६ निवासी एक अन्दाजी ३५ वर्षीय पुरुषले आफ्नै छोरीलाई बलात्कार गरेको खुलेको छ। घटनाको बारेमा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

घटना घरमा एक्लै बसेको बेला भएको थियो। पीडितकी आमाले यस्तो घटना आँखाले देखेपछि उजुरी गरेकी हुन्।

“घरमा आमासँगै बसेको बेला बाबुले बलात्कार गरेको रहेछ,” अछाम प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले भने, “उजुरीको आधारमा हामीले उनलाई घरबाट नै पक्राउ गरेका छौं।”

म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए। पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भइसकेको छ भने उनलाई अहिले आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img