Thursday, December 5, 2024
समाजअस्पतालमा टिकटको लाइनमै युवकको ज्यान गयो

अस्पतालमा टिकटको लाइनमै युवकको ज्यान गयो

चितवन । लामो समयदेखि मुटुसम्बन्धी उपचारका लागि अस्पताल आउने क्रम जारी रहेको छ। तर, उपचारकै क्रममा नसोचेको घट्नास्थल बन्यो बकुलहर रत्ननगर अस्पताल।

आइतबार बिहान उपचारका लागि अस्पताल आएका एक युवकको बहिरंग सेवामा नै टिकट काट्नै क्रममा अकस्मात मृत्यु भयो। मृतक लौरीघोल निवासी ३४ वर्षीय जीवनबाबु थापामगर हुन्।

उनलाई मुटुको समस्या भएकाले सोही अस्पतालबाट नियमित जाँच गराउने गरेका थिए। आइतबार बिहान पनि उनी अस्पताल आएका थिए। मुटुको परीक्षणका लागि बहिरंग विभागमा टिकट काट्न लामो लाइनमा बसेका थिए।

“कोरोना महामारीका कारण लामो समयदेखि अस्पतालहरुमा उपचार नभएका बिरामीहरु अहिले भीड लाग्ने गरेको छ,” अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. मदन ज्ञवालीले भने, “लामो समयसम्म लाइनमा बसेपछि उहाँलाई अचानक ज्यान गएको हो।”

उनका अनुसार थापामगरलाई एक प्रकारको कार्डियाक अरेस्ट भएको थियो। उनलाई तत्काल आकस्मिक कक्षमा लगिए पनि बचाउन सकिएन। लामो समयदेखि मुटु सम्बन्धी समस्याले ग्रसित थापामगरको अकस्मात लामो लाइनमा बसेपछि मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img