सुनसरी |
पाथीभरा देवी मन्दिर इलाम जिल्लाको एक पवित्र तीर्थस्थल हो । कोल्वुङ गा.वि.स. २ मा रहेको यो तीर्थस्थल जान झापा जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै २ घण्टामा भाडा वा निजी सवारी साधनबाट पुग्न सकिन्छ ।
मन्दिर रहेको ठाउँबाट ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ । शनिवार र मंगलवार बढी तिर्थालुहरूको भीड लाग्ने मन्दिरको फेदीबाट १ कि.मी.को ठाडो उकालोमा सिडी बनाएर मन्दिर परिसर सम्म पुग्ने व्यवस्था गरिएको छ । मन्दिर नजीकै रहेका दुइवटा पोखरी छेउ हाँसको आकृति भएका ढुगाहरू रहेको यो ठाउँलाई हाँसको आकृति भएका ढुंगाहरू रहेकोले यो ठाउँलाई हाँस पोखरी पनि भन्ने गरेको पाईन्छ । यहाँ वि.स. २०५१ सालमा मन्दिर स्थापना गरिएको हो।
मनले चाहेको भाकल पूरा हुने आशा लिएर कैयौं भक्तजनहरू इलामको कुटिडाँडा स्थित पाथीभरा देवीको मन्दिरमा दर्शनार्थ आउने गर्दछन्। जिल्लाको दक्षिणपूर्वी गाविस कोल्बुङ्ग–२, कुटिडाँडादेखि करीब ८०० मिटर माथिको डाँडामा यो मन्दिर रहेको छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय चालिस (१८४०) मिटरको उचाइमा अवस्थित छ। मन्दिर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू खुल्ला आँखाले नियाल्न पाइन्छ। साथै यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजङ्घा तथा ताप्लेजुङ्गको ठूलो पाथीभरा पनि देख्न सकिन्छ।
यो मन्दिर पुग्न मेची राजमार्गको कुटिडाँडा खण्डबाट १ हजार तेत्तीस वटा सिमेन्टका खुट्किला चढेर पुग्न सकिन्छ। यो खुट्किलाबाट चिप्लिएर लडेपछि शरीरबाट रगत निस्किएमा मन्दिरलाई बली दिएको हुने भएकोले केही दिनपछि सो व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ।
ताप्लेजुङ्गमा अवस्थित पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने यो मन्दिरलाई सानो पाथीभरा पनि भन्ने गरिन्छ। विशेषतः दशैं–तिहार, तीज, वालाचतुर्दशी, रामनवमीलगायतका चाडपर्वहरूमा मन्दिरमा मेला लाग्ने गर्दछ। साथै प्रत्येक शनिबार र मङ्गलबार यहाँ विशेषगरी दर्शनार्थीको भीड लाग्ने गर्दछ। सो दिन मन्दिरमा १ सयदेखि १२ सय जनासम्म भक्तजनहरू आउने गरेको मन्दिरका पुजारी–मोतिखर तिम्सिनाले बताउनु भयो। मन्दिरमा विवाह ब्रतबन्ध तथा पुराणजस्ता उत्सव पनि हुने गरेको छ।
मनले चाहेको भाकल पूरा हुने आशा लिएर कैयौं भक्तजनहरू इलामको कुटिडाँडा स्थित पाथिभरा देवि मन्दिर दर्शनार्थ आउने गर्छन् । कोल्बुङ्गको कुटिडाँडादेखि करिब ८०० मिटर माथिको डाँडामा यो मन्दिर रहेको छ । यहाँ बाट मौसम खुल्ला भएको बेला इलामका विभिन्न ठाउँका चियाबगान देख्न सकिन्छ ।
त्यहाँ जाने बाटो २-३ वर्ष भन्दा अहिले केही परिवर्तन भएको देखिन्छ । कन्याम जाने बाटो देखि माथि मन्दिर पुग्ने ठाउँसम्म सिडि लगाएर व्यवस्थित गरेको छ । इलामको कन्याय जान पाथीभरा मन्दिर पुग्न गाडीबाट करिब २०-३० मिनेट लाग्ने गर्छ ।