इटहरी |
कोरोना भाइरसविरूद्वको खोप अभियानलाई लक्षित गर्दै आज महेन्द्र माध्यमिक विद्यालयमा पनि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप कार्यक्रम सम्पन्न भएको छ ।
महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरू र ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई १२ देखि १७ वर्ष उमेर समूहका ४५० जना विद्यार्थीहरूलाई महेन्द्र माध्यमिक विद्यालयमा मोर्डना विरूद्वको खोप लगाइएको छ ।
राष्ट्रिय माध्यमिक विद्यालय इटहरी-१ , पशुपति इङलिस बोर्डिङ स्कुल इटहरी -२ , विश्व आर्दश सेकेन्डरी स्कुल इटहरी-४ , सरस्वती मा.वि इटहरी-३ , कचना महादेव सेकेन्डरी विद्यालय इटहरी-४ ,लक्ष्मी सेकेन्डरी स्कुल इटहरी-७ र सरस्वती सतन मा.वि इटहरी -८ मा आज कोरोना भाइरल मोर्डना खोप लगाइएको छ ।
इटहरीमा रहेका २० वटा वडामा विभिन्न विद्यालयहरूमा कोरोना विरूद्वको खोप यहीँ चैत १ गते आज लगाइयो भने २,३ र ७ गते लगाइने भएको छ । त्यसैगरी,जनसहयोग उच्च माध्यमिक विद्यालय इटहरी-२० मा चैत २ गते लगाइने भएको छ ।