Sunday, January 19, 2025
समाजगैंडाकोटवाट फेरी कहाँ लगियो अभिनेता पल शाहलाई ?

गैंडाकोटवाट फेरी कहाँ लगियो अभिनेता पल शाहलाई ?

काठमाडौ । एक किशोरी गायिका माथि इच्छा विपरित कर णी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई अनुसन्धनका लागि फेरी तनहुँ लगिएको छ । गैडाकोटमा पनि उजुरी परेका कारण उनलाई केही दिन अघि तनहुँवाट गैडाकोट लगिएको थियो । अभिनेता शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

उनी विरुद्ध किशोरीले सुरुमा तनहुँ र त्यसपछि गैडाकोट प्रहरीमा उजुरी दिएकी थिइन् । किशोरीका बुवाले प्रहरीमा किशोरीका तर्फवाट उजुरी दिएका हुन् । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली पठाइएको छ ।

जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको गैंडाकोटका डिएसपी दिलीप गिरीले जानकारी दिए। पी डित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुर प्रहरीपनि शाहविरूद्ध जबरजस्ती क र णीको जाहेरी दिएका थिए।

गायिकाको उजुरीपछि गत फागुन १५ गते तनुहँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट ल्याइएको थियो । जिल्ला अदालत तनहुँले अभियुक्त शाहलाई चैत ४ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसअघि शाहले गैंडाकोटमा बयान दिँदा आफूले जबरजस्ती क र णी नगरेको दावी गरेका थिए।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img