सुनसरी / धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिरमा भक्तजनको केन्द्रविन्तु बनेको छ । साँगुरीगढी गाउँपालिका-६ भेडेटारमा रहेको यस पाथीभरा मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
भेडेटार बाट करिब २ किलो मिटरको दुरिमा रहेको पाथिभरा देबिको दर्शन गर्न हरेक समय यहाँ दर्शनार्थी आउने गर्छन भने भ्यु टावर नजिकै रहेको पाथीभरा मन्दिरमा पनि भक्तजनहरू आउने गरेका छन् । पर्यटकिय,व्यवसायीक रुपमा परिचित जिल्लामात्र नभएर यो संगम स्थल धार्मिक दृष्टिकोण बाट पनि पबित्र स्थल रहेको छ ।
पछिल्लो समय भेडेटार घुम्न आउने धार्मिक पर्यटकहरुका लागि पाथीभरा देवीको मन्दिर पवित्र स्थल बन्दै गएको भत्तजनहरु बताउछन् ।
चिसो मौसम,पहाडका रमाइला डाडा अनि कुहिरोमा छोपिएको भेडेटारको शिरमा अवस्थित पाथिभरा माताको महिमा अपरम्पार छ । वरिपरिका बाख्रा हराएपछी त्यस्को खोजी गर्ने क्रममा यहाँ माता अबस्थित रहेको थाहापाएपछि पुजापाठ गर्न थालेको किम्ब दन्ती रहेको छ ।
१२ महिना दर्शनार्थी आउने यस पाथिभरा मन्दिरमा बाटो सहज र सुबिधा रहेको छ । हारियालीको बिचमा वरिपरि थुम्किला पहाडमा बिराजमान पाथिभरा माता नजिकै शिव मन्दिर पनि छ । मौसम सफा हुँदा त्यहाबाट मनमोहन स्थानको आँखै अगाडि देखिन्छ । अझ तराईमा ६ महिनाको उखरमाउलो गर्मीको समयमा गर्मी छल्ने आनन्ददायी गन्तव्य भेडेटार बनेको छ ।