सुनसरी \ खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा रहेको एक ऐतिहासिक तथा धार्मिक हलेसी मन्दिर हिन्दु र बौद्ध धर्मको तीर्थस्थल नेपालको प्रसिद्ध धार्मिक स्थल हो ।
दिक्तेल सदरमुकाम देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिका- ७ महादेवस्थान हलेसी गाउँमा पर्छ। हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो रहेको छ ।
हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पुर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मालम्बीले आदिम भुमि ठान्दै आएका छन् । हिन्दु धर्म र बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रुपाकोट डाँडा जस्ता सदावहार डाँडाको काखमा हलेसी महादेव अवस्थित रहेको छ ।
बाला चतुर्दर्शी, शिवरात्री, रामनवमी र तीजमा ठुला मेला लाग्ने हलेसीमा विभिन्न देशबाटसमेत तीर्थयात्री ता आन्तरिक पर्यटकहरु पुग्ने गर्छन् ।
सुन्दर र मनोरम प्राकृतिक श्रृगारले भरिपुर्ण एवं विभिन्न आश्चर्य लाग्दा आकर्षक प्राकृतिक आकृतिका चट्टानले सजिएको हलेसी धाममा विशेषत महादेव (शिव) बसाह र भैरवका ३ वटा महत्वपुर्ण गुफा छन् । हलेसी मन्दीरको दर्शन गरेमा खडेरीबाट मुक्ति पाइने, दुख हट्ने, निसन्तानलाई सन्तान लाभ हुने, पदोन्नती हुने, निरोगी हुने र मनोकांक्षा पुरा हुने जस्ता जनविश्वास गरिदै आएको छ ।
हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तिहरू रहेका छन् । इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ ।
महादेवले भस्मासु राक्षसबाट बचाउन मोहनी रुप धारण गरी भगवान विष्णु कैलाशबाट उक्त स्थानमा आएको पुरानो मान्यता रहेको छ ।
महादेवस्थानमा बाक्लो जंगलले ढाकिएको थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठुलो चट्टानको गुफा छ त्यहि गुफालाई हलेसी महादेव गुफा भनिन्छ । गुफाभित्र प्रवेश गरेपछि करीब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ जहाँ १ हजार भन्दा धेरै मानिस अटाउछन् ।
एक किवंदन्तीअनुसार एक जना किराँती सिकारीले सिकार गर्ने क्रममा उनले वाण प्रहार गर्दा घाइते भएको मृग हलेसीको महादेव मन्दिरमा खसेछ । त्यो मृग लिन जाँदा गुफा भित्र बत्तीको जस्तो ज्योति देखेर सिकारी बेहोस भएछन् । बेहोस भएका सिकारीलाई भगवान शंकरले दर्शनपछि गुफाभित्र अन्य देविदेवताको पनि उत्पत्ति भएछ ।
स्वस्थानी व्रत कथा अनुसार सतिदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो यज्ञको आयोजना गरे जुन यज्ञमा आफ्नै छोरस् सतिदेवीलाई बोलाएनन् र उनी पिताले नबोलाएपनि गईन् । पिताको अपमान सहन नसकेर उनले यज्ञस्थलमानै योज्ञाग्निमा भष्म भइन् । आफ्नी सतिदेवीले देह त्याग गरेरपछि महादेवले उनको शरीर लिएर डुलाउने क्रममा सतीदेवीको अंगको दाहिने कुहिनो पतन भएको र राज पिठ गृह ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेस्वर महादेव उत्पत्ति भई शिव शक्तिको रुपमा रहेको पनि कथामा पाइन्छ ।
आज शिवरात्री भक्तजन आउने दर्शन गर्ने मेला लाग्ने गरेको छ ।आन्तरिक र बाह्रय पर्यटकहरुले खोटाङ घुम्न आउदा हलेस महादेवको दर्शन नगरी फर्कन चाहादैनन्। भौगोलिक विविधताको धनी खोटाङ पर्यटकीय जिल्ला मध्येको एक हो।