काठमाडौं, डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परि दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दिपायलबाट घाँटलाया तर्फ जाँदै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप लोली भन्ने स्थानमा शुक्रबार राति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।