Wednesday, February 12, 2025
धर्म/संस्कृतितेह्रथुमको तिनजुरे डाँडा रहेको पाथीभरा मन्दिरमा भक्तजनको आकर्षक

तेह्रथुमको तिनजुरे डाँडा रहेको पाथीभरा मन्दिरमा भक्तजनको आकर्षक

सुनसरी / तेह्रथुमको सानो पाथीभरा भनेर चिनिने तिनजुरेको पाथिभरा मन्दिरमा भक्तजनको आकर्षक भनेको छ । ताप्लेजुङ , संखुवासभा, तेह्रथुमको सिमाना रहेको मन्दिरमा माघ, फागुनको समयमा भक्तजन तथा पर्यटक कमि भएपनि चैत्र र बैशाखमा पर्यटकको बढी भिड हुने गर्दछ ।

तेह्रथुमको लालिगुराँस नगरपालिका- १ घुरबिसेमा रहेको मन्दिरमा चैत्र र बैशाखमा उभौली पर्ने भएकाले पनि यो सिजनमा तिर्थालु एवं पर्यटकको संख्या बढ्ने गरेको हो । मन्दिर तेह्रथुमको बसन्तपुर बजार सवारी साधानहरुबाट सहजै पुग्न सकिन्छ । गुराँसको राजधानी सँगै रहेको यो मन्दिरमा दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास रहेको छ । मन्दिर प्रबेश गर्ने स्थानबाट आफ्नो मनोकांक्षा पुरा हुने जनविश्वासका साथ डोरी टाङदै मन्दिरमा पुर्याउने गरिन्छ ।

चारैतिर हिमालको मनोरम दृष्य , म्याङ्लुङ बजार, तेह्रथुमको बसन्तपुर बजार आँखै अगाडि देख्न सकिन्छ भने सँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्दै धार्मिक महत्व रहेको छ ।

20230227 122134

झापा, मोरङ , सुनसरी , धनकुटा, संखुवासभा जस्ता जिल्लाहरुबाट भक्तजन आउने गरेका छन् । बिदाको दिन घुम्न आउने गरे पनि अन्य अरूदिन मन्दिर दर्शन गर्न कै लागि दर्शनार्थी आउने गरेको पुजारीको भनाइ छ ।

तिनजुरे मिल्के जलजले गुफा पोखरी वनभोज तथा पिकनिक खान आउने पर्यटकको पाथीभरा आउने गरेका छन् । मन्दिर जाने बाटोको केही तल सवारीसाधन पार्किङ गर्ने व्यवस्था रहेको छ ।सवारीसाधन पार्किङ गरेर करिब २०-३० मिनेट सिडिको उकालो बाटो हिडेर मन्दिर पुग्न सकिन्छ ।

IMG 20230223 101347

मन्दिर दर्शन गर्न इटहरीबाट आएका सुजन भण्डारी भन्छन् ‘ केही समय अगाडिको भन्दा अहिले मन्दिर सम्म पुग्न सिडिको व्यवस्था गरेको देखियो , मन्दिरको डाँडाबाट देखिने दृश्यले मनै आनन्द बनायो , हरियाली मौसममा यहाँ बाट देखिने डाँडाकाडा बसन्तपुर बजार, म्याङ्लुङ बजारको यी बाट देखिने रहेछ , उनी भन्छन् ।’

गुराँसको राजधानी भनेर चिनिने यस क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस आँखै अगाडि देख्न सकिन्छ ।

IMG 20230223 101334

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस