Friday, February 14, 2025
धर्म/संस्कृतिधार्मिक तथा ऐतिहासिक महत्व बोकेको धरानको पिण्डेश्वर मन्दिर

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको धरानको पिण्डेश्वर मन्दिर

सुनसरी | धरान १४ विजयपुर डाँडा रहेको एक धार्मिक तथा ऐतिहासिक मन्दिर पुर्वकै प्रसिद्ध मन्दिर हो । धरानलाई मन्दिरको पिठ पनि भनिन्छ ।

पिण्डेश्वर बाबा धाम पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ६ देखि ७ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्य करिव ४ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।

पुराणमा उल्लेख भए अनुसार देव र दानवले समुन्द्र मन्थन गरी निकालेको विष र अमृत मध्ये अमृत छानी फलेको छोक्रा पिण्ड बनाई फालेको स्थानको रुपमा पिण्डेश्वरलाई लिइन्छ ।

समुद्र मन्थन गर्दा सुरुमा कालकुट विष उत्पन्न भएको र उक्त विषलाई शिवले आफ्नो कण्ठमा राखेको र अन्तिम रत्नका रूपमा उत्पन्न अमृतलाई भगवान विष्णुले देवताहरूलाई मात्र पिउन अवसर दिएका तर दैत्य पक्षकालाई विष्णुले मोहिनी अप्सराको रूप धारण गरेर लट्ठ पारेर अलमल्याएर अमर बन्न नदिएको कथा छ । प्रचलित जनविश्वास अनुसार, तिनै छोक्राको पिण्डबाट पिण्डेश्वर महादेवको उत्पत्ति भएको मान्यता रहेको छ ।

बिशेषगरि शिबरात्री,हरितालिका तिज, साउन महिनाको सोमबार उलेख्य संख्यामा दर्शनार्थी आउने गर्छन । श्रावण महिनाभरी नै सप्तकोशी नदीको पानी ल्याएर यस मन्दिरमा चढाउने चलन छ । समुद्र सतहदेखि १५६० फुट उचाइमा रहेको पिण्डेश्वर हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिन्छ । पिण्डेश्वरमा बालाचतुर्दशी, शिवरात्रि र तीजमा मेला लाग्ने गर्छ ।

बेद ब्यास,काल भैरब,महेश्वर,तेत्तीस कोटि देवता ,सरस्वती अष्टभुजा देबिको मन्दिर पनि पिण्डेश्वए धाम परिसर मै रहेको छ । महादेबका विभिन्न स्वरुप पशुपतिनाथ,हसेकी,गुप्तेश्वरको प्रतिमा पनि परिसरमै देख्न सकिन्छ । पुजा गर्न आउनेको सुबिधाको लागि भनेर वरिपरि फुल , रूद्धाक्ष , चन्दर बेलपत्रपनी परिसरमै पाउन सकिन्छ ।

पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ६ देखि ७ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्य करिव ४ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।

डाडा बाट धरानबजार निहाल्दै हरियाली सँग बात मार्न फुर्सदमा घुम्न र धर्मकर्मका लागि आउने गरेको स्थल अत्यन्तै सुन्दर छ । यस मन्दिरको व्यवस्थापन समितिले मन्दिरको व्यवस्थापन गरेको छ । स्थानीय सरकारबाट पनि प्रचार प्रसार हुने हो भने पर्यटकहरू आएर यहाँको व्यापार फस्टाउने थियो एक स्थानीय व्यवसायीले बताए ।

झापा, धनकुटा , सुनसरीको इटहरी , धरानबाट जस्ता ठाउँबाट भक्तजन आउने गर्दछन् । यहाँ पुग्न धरानबाट करिब १ घण्टाको यात्रामा सहजै सवारीसाधनमा पुग्न सकिन्छ । धरानमा बुढा सुब्बा मन्दिर , दन्तकाली मन्दिर , पञ्चकन्या मन्दिर यहाँ प्रखुम धार्मिक मन्दिर हुन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन २ गते शुक्रवारको भाग्यफल

spot_img