म्याग्दी: अर्मन शिवालय मन्दिरमा गणेश पुराण ज्ञान माहायज्ञ हुने भएको छ । मंगला गाउपालिका वडा-५, अर्मनमा रहेको शिवालय मन्दिरमा चैत्र ९ गते देखी गणेश पुराण ज्ञान माहायज्ञ हुने भएको मन्दिर ब्यावस्थापन समितिका अध्यक्ष प्रेम बहादुर रोकाले जानकारी दिएका हुन् ।
अध्यक्ष रोकाका अनुसार अर्मन शिवालय मन्दिर मर्मत सम्भार, जग्गा ब्यावस्थापन तथा मन्दिर प्रचार प्रसार गर्ने उद्देश्यले अर्मन शिवालय मन्दिर ब्यावस्थापन समितिले माहायज्ञ गर्न लागेको हो ।
माहायज्ञमा चैत्र ९ गते कलशयात्रा तथा कथा प्रारम्भ, चैत्र १०, ११ र १२ गते कथा बाचन र चैत्र १३ गते तिलापार्ण र समापन हुने मन्दिर ब्यावस्थापन समितिले जनाएको छ ।
त्यस्तै चैत्र ११ गते चौरासी पनि हुने र १४ गते बर्तबंध गर्ने मिल्ने मन्दिर ब्यावस्थापन समितिका सचिव सुजत बुढाथोकी बताए ।