Saturday, March 22, 2025
धर्म/संस्कृतिइलामको पाथीभरामा मन्दिरमा भदौ महिनामा नौ लाख माथी भेटी संकलन

इलामको पाथीभरामा मन्दिरमा भदौ महिनामा नौ लाख माथी भेटी संकलन

सुनसरी / इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा भदौ महिनामा दाताहरुबाट नौ लाख माथी भेटी संकलन भएको छ ।

बिगत केही वर्ष अघि बर्खाको सिजनमा करिव शुन्य जस्तै भेटी संकलन हुने यस मन्दिरमा बर्खाको सिजनमा समेत राम्रो भेटी संकलन भएको आज जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भदौ एक गतेबाट ३१ गतेसम्ममा जम्मा ९ लाख १२ हजार चार सय ४५ रुपया संकलन भएको समितिले जानकारी दिएको छ । मन्दिरमा आउने भक्तजनहरुबाट चढाइएको तथा दान गरेको भेटीलाई पछिल्लो मन्दिर ब्यवस्थापन समितिले मासिक रुपमा सार्वजनिक गर्दै आएको छ ।

पछिल्लो पटक समेत भक्तजनहरुबाट दान, भेटी, गोप्य दान, जिन्सी र अन्य सहयोग गरेर सो रकम संकलन भएको बताइएको छ । अघिल्लो महिना अर्थात साउनमा महिनामा समेत चार लाख, ६३ हजार पाँच सय ८८ रुपयाँ भेटी संकलन भएको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img