सुनसरी : धरान -८ मा रहेको विश्वकर्मा बाबाको मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड भएको छ । हरेक वर्ष कन्या सङ्क्रान्तिको दिनमा अर्थात् असोज १ गते विश्वकर्मा पूजा मनाउने प्रचलन रहेको छ ।
यो दिन भगवान् विश्वकर्माको जन्म भएकोले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । धरानमा समेत यस वर्ष विश्वकर्मा पूजा धूमधामका साथ मनाइयो । दुई वर्ष कोरोनाका कारण नेपालीहरूको मौलिक पर्व प्रभावित बननेको थियोे । मन्दिरमा गएर पूजा गर्न नसकेपछि सर्वसाधारणले मेसिन, औजार, हातहतियारको पूजा गरेर मनाए ।
विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरूले पनि गर्ने गर्छन् । फलाम तथा पार्टपुर्जाको यस दिन पूजाआजा गर्दा फलाम फाप्ने जनविश्वास पनि रहेको हुँदा विश्वकर्मा पूजाको दिन धरानको विश्वकर्मा मन्दिरमा नेपाल मात्र नभएर भारतबाट पूजाआजाका लागि आउने गरेको समितिले जनाएको छ ।
अन्य बेला सवारी धनीले नयाँ सवारी साधन किन्दा, नयाँ उद्योग सञ्चालन गर्दा फाट्टफुट्ट चहलपहल हुने यो मन्दिरमा असोज १ गते भने अत्यधिक भीड हुने गरेको छ । यस चालकले समेत दैनिक कामलाई थाँती राखेर पूजाका लागि लाइनमा बस्नुपर्ने अवस्था आउने गरेको चालकहरू बताउँछन् ।