Saturday, June 14, 2025
धर्म/संस्कृतिताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा हिमपात

spot_img

ताप्लेजुङ | ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा यस वर्ष पहिलो पटक हिमपात भएको छ। पाथीभरा ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बुधबार राति १२ बजेपछि सामान्य हिमपात सुरु भएको हो। हिमपातले पाथीभरा धाम परिसरभन्दा केही तलसम्म सेताम्य बनाएको छ।

हाल पाथीभरा क्षेत्रमा फाटफुट्ट हिमपात भइरहेको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार यस वर्ष पहिलो पटक बुधबार राति हिमपात भएको हो। यसअघि केही वर्ष असोजमै हिमपात हुने गरेको थियो।

-Ads-

हिमपातको मौसम सुरु भएकाले दर्शनार्थीलाई स्वास्थ्य सम्बन्धी सावधानी अपनाउन आग्रह गरिएको छ। चिसो मौसमको प्रभावले पाथीभरा क्षेत्रसहित ताप्लेजुङ जिल्लाको उच्च हिमाली क्षेत्रमा पनि सामान्य हिमपात भएको स्थानीयले जनाएका छन्।

फक्ताङ्लुङ गाउँपालिका–६ को घुन्सा, फले, वडा–७ को ओलाङ्चुङगोला र याङ्मा बस्तीका माथिल्लो भेगमा पनि हिमपात सुरु भएको छ। स्थानीयका अनुसार चार हजारभन्दा बढी उचाइका हिमाली क्षेत्रमा सामान्य हिउँ परेको छ।

हिमपातपछि ताप्लेजुङमा चिसो बढेको छ। सदरमुकाम फुङ्लिङसहित जिल्लाभर चिसोको प्रभाव बढ्दै गएको छ। जल तथा मौसम विज्ञान कार्यालय, धरानका अनुसार बिहीबार बिहान ताप्लेजुङको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img