धर्म/संस्कृतिकाभ्रेको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाको तयारी हुँदै

काभ्रेको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाको तयारी हुँदै

सुनसरी : काभ्रे जिल्लाको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला सुरु हुने समय नजिकिएँसँगै व्यवस्थापनको काममा तिव्रता देखिएको छ ।

अब सो क्षेत्र भएर चल्ने टिपर एक महिनाको लागि बन्द गरिने भएको छ । पनौती नगरपालिका-७ ले सूचना जारी गर्दै माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि नै सो क्षेत्रमा चल्ने टिपर बन्द गर्ने निर्णय गरेको हो ।

‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका साथ आउँदो माघ १ गतेदेखि एक महिनासम्म मेला लाग्नेछ । आवश्यक पर्ने व्यवस्थापकीय कामका लागि अहिले भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको मकर मेला मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले बताए ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समितिले पाँच वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र सुरक्षा व्यवस्थापन गर्न सिसीटिभी जडान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ ।

मेला लक्षित गरी नगरभित्रका सबै मठमन्दिर, गुम्बा, देवल, सडकखण्ड, पर्यटकीयस्थल, सार्वजनिकस्थल मर्मतसम्भार र सरसफाइको कामलाई प्राथमिकतामा दिइएको छ । दर्शनार्थीको सजिलोका लागि विन्धवासिनी बचत तथा ऋण सहकारीसँगको समन्वयमा बनेपादेखि पनौतीसम्मको सडकखण्डमा १५ विश्रामस्थल निर्माण गरिने छ ।

आवश्यक भौतिक पूर्वाधारसहित अन्य विषयगत क्षेत्र तोक्ने गरी पूजाआजा, प्रदर्शनी, यातायात, सरसफाइ, सांस्कृतिक, प्रचारप्रसार, सजावट, सूचना तथा खोज उद्धार, स्वास्थ्य, स्वयंसेवक परिचालन, अतिथि सत्कार, आवास, सुरक्षा व्यवस्था, स्नान, सडकबत्ती र खानेपानी व्यवस्थालगायतका काम अगाडि बढिरहेको छ । यसअघि २०६६ सालमा भएको मेलामा उल्लेख्य जनसहभागिता भएकाले यस पटक पनि त्यही हाराहारीमा सहभागिता हुने अनुमान समितिको रहेको छ ।

टिपरसँगै सो क्षेत्रमा खानी उत्खनन् नगर्न तथा वडा बासिन्दाले घरपालुवा हाँस एवं पशुपन्छी खोलामा नछाड्नसमेत आग्रह गरिएको छ । नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी (काभ्रे एकीकृत खानेपानीबाट आएको पानी) जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ । यो समाचार बेथानचोक खबरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img